बूढानिलकण्ठ बैठकमा तीन दलले गरे चार निर्णय



काठमाडौँ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बोलाएको तीन दलिय बैठकले चार निर्णय गरेर सम्पन्न भएको छ।

शुक्रबार ३ बजेका लागि बोलाइएको बैठक जसपाका नेताहरुको ढिलाईका कारण केहीबेर ढिला सुरु भएको थियो। बैठकमा मुख्यतया चारवटा कुरा उठेका छन्। पहिलो दलको बैठकमा काङ्ग्रेसले सरकार निर्माणको विषयमा आफ्नो प्रस्ताव पेश गरेको थियो।

दोस्रो काङ्ग्रेसको प्रस्तावमा नेकपा माओवादि केन्द्र सकारात्मक, जसपाले आफ्नो पार्टीको कार्यकारिणी बैठक बसेर आफ्नो धारणा पेश गर्ने र अन्तीम पुनः अर्को बैठक जसपाको आधिकारिक निर्णय आएपछि बस्ने गरि बैठक समापन।

जसपाका नेताहरुले देउवाको प्रस्तावका बारेमा औपचारिक रुपमा पहिलाे पटक निम्तो आएको भन्दै नयाँ सरकार गठनका लागि केही समय मागेका छन्।

त्यस्तै माओवादी केन्द्रले प्रधानमन्त्री केपी ओलीको वहिर्गमन आफ्नो मुख्य एजेण्ड भएको बताएको छ। जसपाले समय मागेपछि बैकठले खास कुरा तय त गर्न सकेन। तर, तीनै दल ओली सरकारको विकल्पमा उभिएको सन्देश प्रवाह चाहि भएको छ।

कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार तीन दलकाबीचमा नयाँ सरकार निमार्णका लागि सकारात्मक छलफल भएको छ।