बूढानीलकण्ठको बैठकमा जसपाले माग्यो समय



काठमाडौँ। नयाँ सत्ता समीकरणका लागि कांग्रेस सभापति शेरबहादुर देउवाले बोलाएको तीन दलको छलफल सकिएको छ।

जसपाका नेताहरुले देउवाको प्रस्तावका बारेमा औपचारिक निम्तो आएको भन्दै नयाँ सरकार गठनका लागि केही समय मागेका छन्।

त्यस्तै माओवादी केन्द्रले प्रधानमन्त्री केपी ओलीको वहिर्गमन आफ्नो मुख्य एजेण्ड भएको बताएको छ। जसपाले समय मागेपछि बैकठले खास कुरा तय त गर्न सकेन। तर, तीनै दल ओली सरकारको विकल्पमा उभिएको सन्देश प्रवाह चाहि भएको छ।

कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार तीन दलकाबीचमा नयाँ सरकार निमार्णका लागि सकारात्मक छलफल भएको छ।