बूढानीलकण्ठमा तीन दलको बैठक जारी



काठमाडौँ। नयाँ सत्ता समीकरणका लागि कांग्रेस सभापति शेरबहादुर देउवाले बोलाएको तीन दलको छलफल जारी छ।

जसपाका नेताहरु ढिला पुगेपछि तोकिएको समयमा बैठक सुरु हुन सकेको थिएन। जनता समाजवादी पार्टी नेपालका नेताहरु ढिला गरी बैठकमा पुगेकाले ३ बजे बस्ने भनिएको बैठक एक घण्टा ढिला गरी मात्र शुरु भएको हो।

जसपाका अध्यक्ष डा.बाबुराम भट्टराई, अर्का अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव, बरिष्ठ नेता राजेन्द्र महतो र अर्का नेता अशोक राई बूढानीलकण्ठको छलफल सहभागि छन्।

बैठकमा सहभागी हुन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगै नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा र देव गुरुङ बूढानीलकण्ठ पुगेका हुन्। त्यस्तै कांग्रेसका शीर्ष नेता पनि देउवा निवास पुगिसकेका छन्।

सभापति देउवाले शुक्रबार दिउँसो ३ बजेका लागि तीन दलको बैठक आफ्नै निवास बुढानिलकण्ठमा बोलाएका थिए। केपी शर्मा ओली नेतृत्वको सरकारको विकल्पमा तीन दलबीच गठबन्धन गरेर नयाँ सरकार गठनका लागि छलफल गर्न देउवाले अग्रसरता लिएका हुन्।