सिंगटीको आईपीओ शुक्रबार बाँडफाँट



काठमाडौँ। सिंगटी हाइड्रो इनर्जी लिमिटेडको आईपीओ शुक्रबार बाँडफाँट गरिएको छ।

बिक्री प्रबन्धक मेगा क्यापिटलले सिंगटी हाइड्रो इनर्जी लिमिटेडले निष्काशन गरेको आईपीओ बाँडफाँट गरेको हो। आईपीओ कुल २ लाख ६९ हजार ७ सय जनाले १० कित्ताका दरले हात पारे।

कम्पनीले गत चैत ६ गतेदेखि सर्वसाधारणका लागि खुल्ला गरेको आईपीओमा १५ लाख ६५ हजार ५३० आवेदकले आवेदन दिएका थिए। आवेदन दिएकामध्ये पाँच हजार ७२८ को आवेदन रद्द भएको छ। योग्य कायम भएका १५ लाख ५९ हजार ८०२ आवेदकलाई गोलाप्रथामा समावेश गरेर शेयर बाँडफाँट भएको छ। आवेदन दिएकामध्ये १२ लाख ९५ हजार ८३० ले आईपीओ पाएनन्।

कम्पनीले दोलखामा २५ मेगावाट क्षमताको आयोजना निर्माण गरिरहेको छ। उक्त आयोजनाको निर्माण लागत निर्माण अवधिको ब्याजसहित प्रति मेगावाट रु २२ करोड हुने प्रक्षेपण छ। आईपीओको नतिजा मेरोशेयर, सिडीएसले आईपीओ नतिजाको लागि तयार पारेको नयाँ वेबसाइट र बिक्री प्रबन्धक मेगा क्यापिटलको वेबसाइटबाट हेर्न सकिन्छ।