काठमाडौँ। नेपाल पत्रकार महासंघ, कालिकोट साखाका नव निर्वाचित अध्यक्ष भरतराज बिष्टको समूहले अस्तव्यस्त अवस्थामा रहेको संस्थाको भवन अनुगमन गरेको छ।
महासंघको २६औं महाधिवेशनबाट सर्वसम्बत रुपमा अध्यक्ष चुनिएका बिष्टलगायतको टिमले शुक्रबार महासंघको कार्यालय भवनको अनुमगन गरेको हो।
अनुगमनका क्रममा महासंघ कालिकोटका पूर्व अध्यक्ष कालीबहादुर मल्ल, नि: वर्तमान अध्यक्ष तुलराम पाण्डे, नव निर्वाचित उपाध्यक्ष नमराज योगी लगायतका व्यक्तिहरुले भवनको अनुगमन गरेका हुन्।
अध्यक्ष बिष्टले भवनको अनुगमन गरेको र केही दिन पछि कार्यालय ब्यवस्थापन गरि नेपाल पत्रकार महासंघ जिल्ला शाखा कालिकोटले आफ्ना कामकाज सुचारु गर्ने जानकारी दिएका छन्।
कर्णाली सन्देश डटकमले यहि चैत १४ गते ‘कार्यालय झोलामा, पत्रकार महासंघको भवनमा ट्रेन्डिङ सेन्टर‘ सञ्चालन गरिएको समाचार प्रकाशित गरेको थियो।
यो पनि…