काठमाडौँ। नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा ‘बादल’ लाई सांसद पदबाट पदमुक्त गर्ने भएको छ।
माओवादी पार्टीले राष्ट्रियसभाका सांसदसमेत रहेका थापालाई कारवाहीको पत्र तयार गरेको हो। पार्टीले आजै सो पत्र संसद सचिवालयमा दर्ता गराउने तयारी गरेको स्रोतले बताएको छ।
यसैगरी अर्का सांसद चन्द्रबहादुर खड्कालाई पनि कारबाहीसहित स्पष्टिकरण माग्ने तयारी माओवादीले गरेको छ। यसअघि माओवादी केन्द्रले केपी ओली सरकारमा रहेका चार जना प्रतिनिधिसभाका सांसदलाई पदमुक्त गरेको थियो। टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र