सुनितामी र कुशलको आवाजमा ‘अभागि त म हुँ’ बजारमा



काठमाडौँ। लोकप्रिय सर्जक डा. शिव सुवेदीको उत्कृष्ट शब्द संगीतमा ‘अभागी त म हुँ’ बोलको नयाँ लोकगीत बजारमा आएको छ।

‘अभागी त म हुँ’ बोलको गीतमा चर्चित गायक कुशल बेलबासे र लोकप्रिय गायिका सुनितामी परियारको कर्णप्रिय आवाजमा रहेको छ। उक्त गीतमा खेम सेन्चुरी र जुना गुरुङको अभिनय देख्न सकिन्छ।

नबिन रुक्मिणी भट्टराईको प्रस्तुतिमा रहेको गीत ‘अभागी त म हुँ’ डा.सुवेदीको युट्युव च्यानल मार्फत केही समयअघि सार्वजनिक गरिएको छ।

विनोद भण्डारीको निर्देशन गरेको गीतको संगीत संयोजन विनोद बाजुरालीले गरेका हुन्। करण चैसिरले छायांकन गरेको गीतको म्युजिक भिडियोको सम्पादन मनोज काकीले गरेका छन्।

भिडियो हेर्नुहोस्