सुर्खेत। नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश समितिको अध्यक्षमा देविराम देवकोटाको प्यानलले विजय प्राप्त गरेको छ।
बुधबार महासंघको २६औैं महाविवेशन, प्रदेशको नयाँ कार्यसमितिका लागि भएको निर्वाचनमा देवकोटा नेतृत्वको संयुक्त प्यानल विजयी भएको हो। अध्यक्ष देवकोटा ४२९ मत प्राप्त गरी विजय भएका छन् भने उनका प्रतिस्पर्धी दैलेखका विष्णु शर्माले ३२१ मत पाए।
अध्यक्ष देवकोटा प्रेस युनिएन, प्रेस संगठन र माधव नेपाल समूहको प्रेस चौतारीसहितको प्यानलका साझा उम्मेदवार बनेका थिए। ओली समूह निकट प्रेस चौतारीका शर्मालाई विप्लव निकटका पत्रकारको साथ थियो।
यस्तै उपाध्यक्षमा संयुक्त प्यानलकै दैलेखका चक्र केसीले ३१३ मत प्राप्त गरेका छन्। उनका प्रतिस्पर्धी युनियन निकट नगेन्द्र उपाध्यायले २३८ र प्रेस चौतारीका पवित्र शाहीले २०४ मत पाएका थिए।
महिला उपाध्यक्षमा विमला खड्काले ४२८ मत प्राप्त गरेर विजयी भइन। सोही पदकी प्रत्यासी जुम्लाकी कृष्णमाया उपाध्यायले २२९ मत प्राप्त गरेकी छन्। महासचिवमा संयुक्त प्यानलकै खगेन्द्रप्रसाद भट्टराई ४७० मतका साथ विजयी भएका छन्। उनका प्रतिस्पर्धी विप्लव निकट पत्रकार संगठनका तप्तबहादुर मल्ल (भौतिक) ले २७९ मत ल्याए।
खुला सचिवमा सुर्खेतका पत्रकार दीपक बुढा (४५१), समावेशी सचिवमा अशोक राजी (४४६), कोषाध्यक्षमा गणेशकञ्चन भारती (४३७) विजयी भएका छन्।
सदस्यमा ईश्वरीप्रसाद देवकोटा (४०५), कृष्णबहादुर वली (५३६), जीवन शाही (५५२०, दीपकबहादुर जोशी ९४१००, नन्दराज जैशी ९४९६० सुवर्ण शाही (४४७) र सुरेन्द्रबहादुर सिंह (२४६) विजयी भएका छन्। यस्तै महिला सदस्यमा चिना विक (५६३), सुरिता बस्नेत (४६३) र देवका लामिछाने (४३७) विजयी भएकी छन्।