‘ओलीमाथि नैतिकताको प्रश्न खडा भएको छ’



काठमाडौँ। नेपाली काङ्ग्रेसका प्रमुख सचेतक बालकृष्ण खाणले संसदमा काङ्ग्रेसको प्रस्ताव सफल हुने परिस्थिति नबनेसम्म कुनै पनि कदम नचाल्ने बताएका छन्।

नबिन्द्रराज जोशीको १२औं पुन्यतिथीह्हको श्रद्धान्जली सभामा सचेतक खाँणले प्रधानमन्त्री केपी ओलीले अब पदबाट राजीनामा दिनु पर्ने बताए। सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन गर्ने निर्णयलाई बदर गरेसँगै प्रधानमन्त्री केपी शर्मा ओलीमाथि नैतिकताको गम्भिर प्रश्न खडा भएको भन्दै उनले पदबाट राजीनामा दिनुपर्नेमा जोड दिए।

सचेतक खाणले अझै थप्दै प्रधानमन्त्री केपी शर्मा ओलीले नैतिकताका आधारमा राजीनामा नदिएर जितिया शासक जस्तो गर्दै हिँडेको बताएका छन्। सर्वोच्च अदालतको फागुन ११ को फैसलापछि पनि प्रधानमन्त्रीले नैतिकताको आधारमा राजीनामा नदिएको खाँणको भनाइ थियो।

‘ उनले अगाडि भने, ‘राजनीतिमा नैतिकता हुन्छ, मूल्य हुन्छ। ‘मैले सोचेको थिएँ फागुन ११ को सर्वोच्चको फैसलापछि त्यो राजनीनिक नैतिकताको पालना गरिने छ भनेर। अहिले पनि बडो जिताहा शासक जस्तो गरेर हिँड्ने कुराले आज आमनागरिकमा के पर्छ होला?’

अनैतीक कामको जिम्मेवारी नलिने र आत्मसमीक्षा नगर्ने व्यक्तिहरुका कारणले आज राजनीति बदनाम भएको खाणले बताए। उनले भने, ‘सबै नीतिको माउ नीति राजनीति हो। राजनीतिज्ञले कस्तो आदर्श र चरित्र देखाउँछन् त्यसको प्रभाव आम जनतामा पर्छ। त्यस्तै अनैतिक कामको जिम्मेवारी नलिने, आत्मसमीक्षा नगर्ने व्यक्तिहरुका कारणले आज राजनीति बदनाम छ। मान्छेहरुले राजनीति भनेपछि फट्याइँ, ठग्ने नै हो भन्ने ठानेका छन्।’