कर्णालीमा नयाँ मुख्यमन्त्री: प्रकाश ज्वाला कि यमलाल कँडेल?



काठमाडाैँ। कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सत्ता धरापमा परेसँगै एमालेकाे नेतृत्वमा नयाँ सरकार बन्ने संकेत देखा परेको छ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले सत्ताबाट हात झिकेपछि अल्पमतमा परेको माओवादी सरकारले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने आवाज उठ्न थालेका छन्।

एक विश्वस्त स्रोतका अनुसार नेकपा एमाले (माधव नेपाल) समूहले पार्टीको एकतालाई नयाँ सन्देश दिन र कर्णालीमा एमालेकाे सरकार निमार्ण गर्नका सत्ताबाट हात झिकेको हाे।

यसअघि नै एमालेले कर्णालीमा नयाँ सरकार निर्माणको गृहकार्यसमेत थालेको जनाइ सकेको छ। एमाले संसदीय दलका नेता कँडेलको नेतृत्वमा नयाँ सरकार निर्माणको गृहकार्य थालिएको भनिए पनि एमालेभित्र ओली समूहको नेता मुख्यमन्त्री बन्ने कि नेपाल पक्षको मुख्यमन्त्री बन्ने ? भन्ने विषय गम्भीर रुपमा उठ्ने देखिन्छ।