सुर्खेत। नेपाल पत्रकार महासंघ सुर्खेत शाखाको अध्यक्षमा ललित बसेल निर्विरोध निर्वाचित भएका छन्।
तीन संगठनको सहमतिमा नयाँ नेतृत्वका लागि अध्यक्षमा बसेल निर्विरोध निर्वाचित भएका हुन्। बसेल गोरखापत्र दैनिकमा आवद्ध छन्। यस्तै महिला उपाध्यक्षमा सविता जिसी, सचिवमा ललित बुढा, सह–सचिव खुलामा ईश्वर अधिकारी, सह–सचिव समावेशीमा टेकेन्द्र विश्वकर्मा र कोषाध्यक्षमा ललित गाहा पनि निर्विरोध निर्वाचित भएका छन्।
यस्तै दलित सदस्यमा लालसिंह मिजार, महिला सदस्यमा करिश्मा चौधरी र जनजाति सदस्यमा कल्पना ढेंगामगर पनि निर्विरोध निर्वाचित भएका छन्।उपाध्यक्ष खुलामा दुई र ८ सदस्यीय खुलातर्फ १० जनाको उम्मेदवारी परेको छ। उपाध्यक्षमा सुदीप पुरी र खगेन्द्र अधिकारीको उम्मेदवारी परेको छ। खुलातर्फ आठ सदस्य पदका लागि १० जनाको उम्मेदवारी परेको छ।
खुलातर्फ हस्तराज रेग्मी, पुनम विसी, सुशील खड्का, चिन्तामणि कँडेल, टेकराज केशी, पूणर्बहादुर खड्का, विनोद लम्साल, युवराज पंगाली, विवस सेजुवाल र यज्ञ खत्रीको उम्मेदवारी परेका छ।
नेपाल प्रेस युनियन, नेपाल प्रेस चौतारी र प्रेस संगठनले यही चैत्र २५ गते हुन लागेको निर्वाचनमा सहमतिमा जाने निर्णय गरेका थिए। अध्यक्षसहित युनियनले अध्यक्षसहित खुला उपाध्यक्ष, खुला सदस्य दुई तथा मधेसी र दलित सदस्य एक–एक पद लिने सहमति भएको थियो।
यस्तै, प्रेस चौतारीले सचिव, सह–सचिव, खुला सदस्य दुई, जनजाति, महिला र अन्य सदस्य एक–एक तथा प्रेस संगठन नेपालले महिला उपाध्यक्ष, कोषाध्यक्ष, सह–सचिव समावेशी र खुला सदस्य दुई पद लिने सहमति भएको हो।