सुर्खेत। कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री दल रावलले पदबाट राजीनामा दिनु पहिले नै मन्त्रालयबाट बिदा लिएका छन्।
पार्टीको निर्णयअनुसार नै उनले राजीनामा दिनेगरी मन्त्रालयबाट बिदा लिएका हुन्। उनीसहितका मन्त्रीहरु अर्थमन्त्री प्रकाश ज्वाला, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाले आजै संयुक्त रुपमा मन्त्री पदबाट राजीनामा दिन लागेका छन्। त्यसका लागि अर्थ मन्त्रालयमा दिउँसो १ बजे पत्रकार सम्मेलन गरिएको छ।
यहि आइतबार बसेको नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलको बैठकले तीनैजना मन्त्रीलाई तत्काल राजीनामा गर्न निर्देशन दिएको थियो ।
४० सदस्यीय कर्णाली प्रदेश सभामा नेकपा एमालेका २० र माओवादी केन्द्रका १३ जना सांसद छन्। यो प्रदेशको मुख्यमन्त्री नेकपा माओवादी केन्द्रका महेन्द्र बहादुर शाही छन्। यसअघि गत चैत ४ गते एमालेले कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो।