लसुनको अत्यधिक सेवनले निम्त्याउँछ यि समस्या



काठमाडौँ। लसुनले स्वाद बढाउने काम गर्छ। लसुनको सेवनले स्वास्थ्यमा धेरै फाइदा पनि गर्छ। लसुन दैनिक खाने खानामा पनि प्रयोग गर्ने गरिन्छ।

तरकारी, खाना, अचार लगायतका खानेकुरामा प्रयोग गरिने लसुनको धेरै सेवनले स्वास्थ्यमा हानी पनि पुग्ने गर्छ। स्वाद बढाउन प्रयोग गरिने लसुनको फाइदा मात्र होइन बेफाइदा पनि धेरै छन्। उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल र अन्य समस्याहरुमा फाइदाजनक हुन्छ।

यदि लसुनको उपयोग सीमित मात्रामा गरियो भने यो लाभदायक हुन्छ। तर, अधिक मात्रामा सेवन गर्दा लसुनले दुष्प्रभाव पनि देखाउँछ। अनुसन्धानका अनुसार लसुनमा हुने एन्जाइमले दागधब्बा र चिलाउने समस्या आउँछ। त्यसैले यसको प्रयोग सावधानीपूर्वक गर्नुपर्छ।

यदि अधिक मात्रामा लसुनको सेवन गरिन्छ भने सास गन्हाउने समस्या आउँछ। साथै, अत्यधिक मात्रामा लसुनको सेवन ग्यासको कारण पनि बन्न सक्छ।