‘म्यानमारमा सेनाले ४३ बच्चाको ज्यान लियो’



काठमाडौँ। म्यानमारमा फेब्रुअरीमा भएको सैन्य ‘कू’ पछि सेनाको हातबाट कम्तीमा ४३ बच्चाको ज्यान गइसकेको छ।

बच्चाका अधिकारका लागि काम गर्ने संगठन ‘सेभ द चिल्ड्रेन’ ले यस्तो जानकारी दिँदै म्यानमारमा ‘खराब सपनाजस्तो स्थिति’ भएको बताएका छन्।

मृत्यु हुने बच्चामध्ये एक ६ वर्षकी बालिका थिइन्। एक स्थानीय निगरानी समूहका अनुसार सैन्य कूपछि ज्यान गुमाउनेको कूल संख्या ५३६ रहेको छ।

सेनाको कडाई

म्यानमारमा सेनाले विरोधको व्यापक दमन गरिरहेको छ। यसैबीच म्यानमारमा संयुक्त राष्ट्रका दूतका अनुसार ‘यहाँ थप रगत बग्ने खतरा छ’। यसैबीच सीमान्त इलाकामा सेना र जातीय अल्पसंख्यक समूहबीचको संघर्ष तीब्र हुँदै गएको छ।

म्यानमारमा अशान्तिको सुरुवात करिब दुई महिना अघि भएको थियो। त्यतिबेला सेनाले चुनावमा धाँधलीको आरोप लगाउँदै सैन्य कू गरेको थियो। चुनावमा आङ सान सूचीका पार्टी एनएलडीले जबरजस्ती जीत हासिल गरेको आरोप लगाइएको थियो।

सैन्य कू विरुद्ध हज्जारौं मानिसहरुले सडकमा उत्रिएर विरोध जाहिर गरे। सेनाले सुरुवातमा प्रदर्शनकारी रोक्नका लागि पानीको फोहोराको प्रयोग गरे। पछि रबरको गोली चलाइयो। त्यसपछि गोली नै चलाइयो।

शनिबार सबैभन्दा जोडदार संघर्ष भयो। त्यस दिन सयभन्दा बढीको मृत्यु भयो। प्रत्यक्षदर्शीका अनुसार सेनाले सडकमा भएका मानिसहरुमाथि अचानक हमला गरे। केही मानिसहरुको मृत्यु उनीहरुको घरभित्रै भयो।

हमलामा ज्यान गुमाउने ६ वर्षकी बालिका म्यो चितका परिवारले बीबीसीसँगको कुराकानीमा मार्च महिनाको अन्त्यमा मांडलेस्थित उनको घरमा छापा मारेको बताए। त्यस क्रममा बालिका आफ्नो पिता भएठाउँ दौडिएर काखमा बस्न जाँदा उनलाई प्रहरीले गोली हानेर हत्या गरे।