प्रधानमन्त्री स्वरोजगार कार्यक्रम असफल



काठमाडौँ। प्रधानमन्त्री रोजगार कार्यक्रम असफल भएको छ । स्थानीय तहले रोजगार सिर्जना गर्न नसक्दा कार्यक्रम असफल भएको हो।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरस ९कोभिड–१९० कारण २ सय ६ वटा स्थानीय तहले रोजगारी सिर्जना गर्न सकेनन्।

मन्त्रालयले उक्त आयोजना कार्यान्वयन गर्न ७ सय १ स्थानीय तहमा अनुदान पठाएको थियो। त्यसमध्ये ४ सय ९५ स्थानीय तहले मात्रै रोजगारी सिर्जना गर्न सकेका छन्।

सरकारले ७ सय ५३ वटै स्थानीय तहबाट रोजगारी सिर्जना गर्ने गरी कार्यक्रम ल्याएको हो। स्थानीय तहले १ लाख ५ हजार ३ सय ६५ जनालाई औसतमा १६ दिन रोजगारी दिएका छन्।

६० हजार जनालाई सय दिने रोजगारी दिने लक्ष्य राखिए पनि थोरै दिन धेरै जनाले रोजगारी पाएका हुन्। बेरोजगार सूचीमा ३ लाख ७० हजार ७ सय ३४ जना सूचीकृत थिए। यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ।