पार्टीबाट निलम्बनमा परेपछि भुसालले दिए कडा प्रतिक्रिया



काठमाडौँ। एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले मागेको स्पष्टिकरण चित्त बुझ्दो नभएको भन्दै ६ महिनाका लागि पार्टीबाट निम्बलनमा परेका पार्टीका उपमहासचिव घनश्याम भुसालले कडा प्रतिक्रिया दिएका छन्।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘असीमित सत्ताभोगको अतृप्त तृष्णाले कमरेड ओलीलाई ‘म’ र ‘मेरो’ बाहेक केहि नदेख्ने बनाएको छ। ‘म बस्न नपाउने कुर्ची भाँची दिन्छु’, यो उनी आफैले कबुल गरेको जीवन दर्शन हो। एउटा धरै राम्रो पार्टीलाई उनले गुटमा बदलेका थिए, अहिले त्यो गुट राज्य दोहनमा लागेको गिरोहमा परिणत भएको छ। उनका लागि संसारमा या त चाकर छन् या शत्रु।’

उनले अगाडि लेखेका छन्, ‘उनले हाम्रो पार्टीको गौरवको चीरहरण गर्दैछन्, हामीले सामना गरौँलारगर्नेछौँ। तर, यिनले लोकतन्त्रको जुन हुर्मत लिएका छन् त्यो अपूरणीय छ। उनको व्यक्तिवादी, अवसरवादी, दक्षिणपन्थी तथा विसर्जनवादी ताण्डवलाई पराजित गरेर हामीले लोकतन्त्र र वामपन्थको ऋण तिर्नेछौँ। मेरो पार्टीको अध्यक्ष भएर उनले गरेका बर्बादिका लागि मैले दुनियाँसँग माफी माग्छु।’