ह्यारीले बनाए सर्वाधिक पेनाल्टी गोलको कीर्तिमान



एजेन्सी। ह्यारी केनले इङल्यान्डका लागि सर्वाधिक पेनाल्टी गोल गर्ने कीर्तिमान बनाएका छन्। केनले पोल्यान्डविरुद्ध बुधबार पेनाल्टीमार्फत गोल गरेका हुन्।

यससँगै पेनाल्टी स्पटबाट उनले गरेको गोलसंख्या १० पुुग्यो। यसअघि फ्रयाङ्क लाम्पार्डको नाममा सर्वाधिक धेरै पेनाल्टी गोल गर्ने कीर्तिमान थियो। उनले ९ पटक पेनाल्टी गोल गरेका थिए।

बिम्बलीमा भएको विश्वकप छनोटमा केनले १९ औं मिनेटमा गोलको खाता खोले । त्यसपछि ५८ औं मिनेटमा पोल्याण्डका जाकुव मोडरले बराबरी गोल फर्काए । यद्यपी, ह्यारी मगुइरले अन्त्यतिर गोल गर्दा इङल्यान्डले २–१ को अग्रता लियो । यससँगै इङल्यान्डले कतार विश्वकप २०२२ का लागि खेलेको छनोट चरणका तीनवटै खेलमा जित हासिल गर्यो ।

टोट्टेनह्यामका स्ट्राइकर केनले पछिल्ला वर्ष इङल्यान्डका लागि निकै उत्कृष्ट खेलिरहेका छन् । उनले कुल ५३ खेलमा २४ गोल गरेका छन् । त्यसमध्ये युरोपेली च्याम्पियनसिप र विश्वकप छनोट खेलका २१ खेलमा उनले २२ गोल गरेका छन् भने ८ पटक एसिस्ट गरेका छन् ।

इङल्यान्डका लागि सर्वाधिक गोल गर्ने कीर्तिमान भने वाइनी रुनीको नाममा छ । रुनीले ५३ गोल गरेका छन् । यस सूचीमा केनको नाम छैटौं स्थानमा छ । दोस्रो स्थानमा बब्बी चाल्र्टन, तेस्रो स्थानमा गेरी लिनेकर, चौथो स्थानमा जिम्मी ग्रिभ्स र पाँचौ स्थानमा माइकल ओवेन छन् । ह्यारी केनले बनाए सर्वाधिक पेनाल्टी गोल गर्ने कीर्तिमान

एजेन्सी। ह्यारी केनले इङल्यान्डका लागि सर्वाधिक पेनाल्टी गोल गर्ने कीर्तिमान बनाएका छन्। केनले पोल्यान्डविरुद्ध बुधबार पेनाल्टीमार्फत गोल गरेका हुन् । यससँगै पेनाल्टी स्पटबाट उनले गरेको गोलसंख्या १० पुुग्यो। यसअघि फ्रयाङ्क लाम्पार्डको नाममा सर्वाधिक धेरै पेनाल्टी गोल गर्ने कीर्तिमान थियो । उनले ९ पटक पेनाल्टी गोल गरेका थिए।

बिम्बलीमा भएको विश्वकप छनोटमा केनले १९ औं मिनेटमा गोलको खाता खोले । त्यसपछि ५८ औं मिनेटमा पोल्याण्डका जाकुव मोडरले बराबरी गोल फर्काए । यद्यपी, ह्यारी मगुइरले अन्त्यतिर गोल गर्दा इङल्यान्डले २–१ को अग्रता लियो । यससँगै इङल्यान्डले कतार विश्वकप २०२२ का लागि खेलेको छनोट चरणका तीनवटै खेलमा जित हासिल गर्यो ।

टोट्टेनह्यामका स्ट्राइकर केनले पछिल्ला वर्ष इङल्यान्डका लागि निकै उत्कृष्ट खेलिरहेका छन् । उनले कुल ५३ खेलमा २४ गोल गरेका छन् । त्यसमध्ये युरोपेली च्याम्पियनसिप र विश्वकप छनोट खेलका २१ खेलमा उनले २२ गोल गरेका छन् भने ८ पटक एसिस्ट गरेका छन् ।

इङल्यान्डका लागि सर्वाधिक गोल गर्ने कीर्तिमान भने वाइनी रुनीको नाममा छ । रुनीले ५३ गोल गरेका छन् । यस सूचीमा केनको नाम छैटौं स्थानमा छ । दोस्रो स्थानमा बब्बी चाल्र्टन, तेस्रो स्थानमा गेरी लिनेकर, चौथो स्थानमा जिम्मी ग्रिभ्स र पाँचौ स्थानमा माइकल ओवेन छन् ।