त्रिदेशीय कप फुटबल उपाधी नेपाललाई



काठमाडौं। तीन देशीय फूटबल प्रतियोगिताको उपाधी नेपालले जितेको छ।

राजधानीको दशरथ रंगशालामा सम्पन्न फाइनल खेलमा नेपालले बंगलादेशलाई २–१ गोलको अन्तरले पराजित गर्दै कप जितेको हो।

खेलको १८औं मिनेटमा सञ्जोग राईको गोलमा अग्रता लिएको नेपालका लागि विशाल राईले ४२ औं मिनेटमा गोल गरे। जवाफमा बङ्गलादेशले १ गोल फर्काएको थियो। नेपालले ३७ वर्षपछि अन्तर्राष्ट्रिय उपाधी उचालेको हो।