काठमाडौँको गहनापोखरीबाट पेस्तुलसहित दुई जना पक्राउ



काठमाडौँ। राजधनानीको गहनापोखरीको एक रेष्टुरेण्टबाट पेस्तुलसहित दुईजना पक्राउ परेका छन्।

शनिबार सशस्त्र प्रहरीको इन्टेलिजेन्स ब्युरोले काभ्रेका २७ वर्षीय पोते लामा र २२ वर्षका अनन्त तामाङलाई नाई एमएम पेस्तुल र पाँच राउण्ड गोलीसहित पक्राउ गरेको हो।

विशेष सूचनाको आधारमा सशस्त्र प्रहरीको इन्टेलिजेन्स ब्युरोले उनीहरुलाई नियन्त्रणमा लिएको हो। थप अनुसन्धानका लागि अभियुक्तलाई ब्युरोले नेपाल प्रहरीलाई बुझाएको छ।

उनीहरुको साथबाट ब्युरोले २२० सीसीको पल्सर बाईकसमेत नियन्त्रणमा लिएको जनाएको छ। प्रहरीका अनुसार लामा २०७४ सालमा टाइम्स क्लबमा एकजनाको हत्या गरेर फरार अवस्थामा रहेका थिए।