डा.रावल नै किन कर्णाली प्रतिष्ठानको उपकुलपति बन्ने?



काठमाडौँ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा.मंगल रावल उपकुलपति पदको लागि दाबेदार मानिन्छन्।

खासगरी कोभिड-१९ को नियन्त्रण गर्न र प्रतिष्ठानको विकासका लागि निर्देशक रावलको ठूलो भूमिका रहेको छ। रावलले प्रतिष्ठानको नीतिगत तथा भौतिक संरचनाको विकासका लागि अहम भूमिका खेलका छन्।

कोरोनाको महामारिमा २४सैं घण्टा खटेर ब्यवस्थापन गरेका थिए। कर्णालीका अधिकाशं जिल्लाका बिरामीहरु जुम्ला पुगेर स्वास्थ्यसेवा लिने अवस्था र्सिजना गरेका रावलको टिमले प्रतिष्ठानलाई पुरस्कृत एबं नमुना प्रतिष्ठान बनाउन सफल भएको थियो।

प्रतिष्ठानका काब उपकुलपतिसमेत रहेका रावलले कोभिडको समयमा कर्णालीका सबै जिल्लामा समन्वय गरेर उच्च क्षमता प्रदर्शन गरेका थिए। यस कारण पनि रावल नै प्रतिष्ठानको आगामी उपकुलपतिका सम्भावित पात्र मानिन थालेका हुन्। उनको क्रियाशिलताका कारण अनिश्चित बनेको एम.डी तथा एम‍.एस कार्यक्रम सम्भव भएको प्रतिष्ठानका कर्मचारीहरु बताउँछन्।

प्रतिष्ठानका निमित्त उपकुलपति डा.रावल यसवर्ष एमडी, एमएसमा पाँच सिट पाइएकोमा खुशी व्यक्त गर्दछन्। रावलकाअनुसार सिङगो मुलुकको मानव विकास सूचक कर्णालीले बदल्न सक्ने हैसियत राख्न सक्दछ। स्वास्थ्यको तीव्र विकासले पछिल्लो समयमा अन्धविश्वास, परम्परागत सोच र कुप्रथाहरुमा कमी आएको उनको भनाइ थियो। कर्णाली प्रतिष्ठानले सिङ्गो देशको नेतृत्व गरेको दाबी गर्दै उनले अब यसले सयौँ चिकित्सहरु उत्पादन गर्ने बताए।

विगत १ वर्षमा करिव २० करोड बराबरकाे औषधि, उपकरण, ल्याब रिएजेन्ट र एम्बुलेन्स निःशुल्क उपलब्ध गराउने, नेपाल सरकारबाट निःशुल्क उपचार हुने ८ वटा रोगको स्वास्थ्य मन्त्रालयमा सूचिकृतको लागि पहल गर्ने, नेपाल सरकारबाट छात्रवृत्तिमा पढेका डाक्टरहरु स्बास्थ्य सेवा विभागमा पहल गरी कर्णालीमा पठाउन ब्यवस्था गर्ने, अस्पताल सेवालाई प्रभावकारी बनाउन डिजिटल प्रणालीको व्यवस्थापन गर्ने, स्थानीय सरकार, प्रदेश सरकार र केन्द्र सरकारसँग समन्वय गरि एमबिबिएस सुरु गर्ने, डिजिटल नागरिक वडापत्रको अबधारणा बनाई लागु गर्ने पनि रावलकै टिम हो।