अधबैँसे महिलामा लामो समयसम्म कोभिडको लक्षण



काठमाडौँ। कोभिडको अस्पतालमा उपचार गरेपछि अधबैँसे महिलाहरूमा लामो समयसम्म लक्षणहरू रहने दुई अध्ययनले देखाएका छन्।

उपचारको पाँच महिनापछि पनि ७० प्रतिशत अध्ययनमा सामेल महिलाहरूमा श्वासप्रश्वासमा समस्या, थकान, मांसपेशी दुखाइ र अन्य लक्षणहरू कायम रहेको पाइएको छ। यसको कारण महिला शरीरले रोगसँग लड्ने तरिकासँग जोडिएको हुन सक्ने बताइएको छ।

तर अध्ययनकर्ताहरूले कोभिडको गम्भीरतासँग सीधा सम्बन्ध नदेखिएको बताएका छन्। समीक्षा हुन बाँकी लेस्टर विश्वविद्यालयले यूकेमा गत वर्ष अस्पताल भर्ना भएका १,००० भन्दा बढी बिरामीमा गरेको अध्ययनले यस्तो निष्कर्ष निकालेको हो।

ग्लास्गो विश्वविद्यालयको अर्को अध्ययनले ५० वर्षभन्दा कम उमेरका महिलाहरूमा उपचारको सात महिनापछि श्वासप्रश्वासको समस्या हुने सम्भावना सात गुणा बढी हुने र थकान महसुस हुने सम्भावना पुरुषभन्दा दुई गुणा बढी हुने देखिएको छ।