काठमाडौँ। सरकारले काठमाडौं उपत्यकाका सार्वजनिक स्थलमा होलि खेल्न पुर्ण रुपमा रोक लगाउने भएको छ।
कोरोना भाइरस ‘कोभिड–१९’ संक्रमितको संख्यासँगै जोखिम बढेको भन्दै मन्त्रालयले थप सतर्कता अपनाउन आग्रह गरेको छ ।
बुधबार आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका सहप्रवक्ता डा। समीरकुमार अधिकारीले भने, ‘पछिल्लो केही दिनमा संक्रमणको संख्या उकालो लागेको छ। जोखिम पनि बढेको छ। त्यसैले होली घरमै मनाउन र भीडभाड नगर्न आग्रह गर्छौं ।’
रंगहरुको पर्व होली पहाडमा चैत १५ र तराई मधेसका जिल्लामा १६ गते मनाइँदैछ। बुधबार नेपालमा ३९६३ परीक्षणमा १४५ जनामा संक्रमण पुष्टि भएको छ।