कांग्रेसले बोलायो केन्द्रीय समितिको बैठक



काठमाडौँ। १४औं महाधिवेशनको कार्यतालिका प्रभावित भएपछि नेपाली कांग्रेसले यहि चैत २० गतेका लागिकेन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ।

पार्टी सभापति शेरबहादुर देउवाले चैत २० गतेका लागि बैठक बोलाउन निर्देशन दिएको कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन्। १४औं ‘महाधिवेशनकै विषयमा छलफल गर्नका लागि उक्त बैठक बोलाइएको पौडेलको भनाई छ।

कांग्रेसले आफ्नो १४औं महाधिवेशन भदौ ७–१० गते महाधिवेशन गर्ने गरी कार्यतालिका बनाएको छ। अहिले क्रियाशील सदस्यता वितरण तथा नवीकरणको तथ्यांक देशभरबाट केन्द्रमा पठाउने काम भइरहेको छ।

कांग्रेस कार्यालयका मुख्यसचिव पौडेलकाअनुसार बुधबारसम्म ६९ जिल्लाबाट तथ्यांक इन्ट्री सुरु भएको छ र ४ लाखभन्दा बढी क्रियाशील सदस्यता वितरण तथा नवीकरण भएको छ।