नेकपा व्युँताउन माओवादी केन्द्रले निवेदन दिने



काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एकता खारेज गर्ने फैसलाको पुनरावलोकनका लागि नेकपा माओवादी केन्द्रले निवेदन दिने भएको छ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका नेताहरुले मंगलबार कानून व्यवसायीहरुसँग छलफल गरेका थिए। पूर्वमहान्यायाधिवक्ता मुक्ति प्रधानका अनुसार नेताहरुले पुनरावलोकनमा जाँदा के(के विषय उठाउने भनेर परामर्श गरेका थिए।

अब छिट्टै फैसला पुनरावलोकनको निवेदन लिएर सर्वोच्च अदालत जाने प्रवक्ता देव गुरुङले जानकारी दिए। नाम विवादसम्बन्धी मुद्दामा ऋषि कट्टेलले हालेको मुद्दामा सर्वोच्चले २३ फागुनमा नेकपा खारेज गर्दै एमाले र माओवादी केन्द्र ब्युँताउने फैसला गरेको थियो।