टंक र पशुपतिको आवाजमा नयाँ गीत सार्वजनिक



बाके। चर्चित गायक टंक तिमिल्सिना र पशुपति खनालको आवाजमा नयाँ गीत सार्वजनिक भएको छ।
टंक तिमिल्सिनाको लय, शब्द तथा एरेन्जमा तयार पारिएको उक्त गीतमा गायक गायिका स्वयमले अभिनय गरेका छन्।

विक्रम चौहानले निर्देशन गरेको गीतलाई प्रकाश खड्काले खिचेका हुन्। लक्ष्मण चौहानको सम्पादन र रंग संयोजनमा साथ् मिलन बिश्वकर्माले दिएका छन्।

टंक तिमिल्सिना युटुब च्यानलबाट सार्वजनिक गरिएको छ।                                    https://m.youtube.com/watch?v=YcLKCAqODZE&feature=youtu.be