नरेश शाहीको नेतृत्वमा युवा संघ गठन



काठमाडौँ। नेकपा एमाले झलनाथ खनाल र माधव नेपाल पक्षले जनसंगठनहरुमा पनि समानान्तर कमिटी बनाएको छ।

शनिबार नरेश शाहीको नेतृत्वमा युवा संघको समानान्तर कमिटी बनाइएको छ। यसअघि यहि ६ चैतमा अखिल नेपाल महिला संघको समानान्तर कमिटी बनेको थियो।

अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली समूहले २९ फागुनमा एकपक्षीय राष्ट्रिय भेला गरेपछि खनाल र नेपाल समूहले पनि जयन्ती राईको नेतृत्वमा छुट्टै अनेम संघ बनाएको छ। अनेम संघपछि युवा संघमा पनि समानान्तर कमिटी बनाइएको छ।

यो समूहले क्रान्ति बुर्लाकोटी वरिष्ठ उपाध्यक्ष र दीपक जीएम महासचिव चयन गरेको छ। ओली समूहले जस्तै यो समूहले पनि जम्बो पदाधिकारी बनाएको छ।