‘राज्यशक्तिको आडमा ओलीले खड्ग चलाउँदैछन्’



काठमाडौँ। जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले नेपालमा ‘हिट्लर’को उदय भइरहेको बताउँदै त्यसबारे सबै सचेत हुनुपर्ने बताएका छन्।

प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीतर्फ सङ्केत गर्दै उनले सो कुरा बताएका हुन्। पार्टी र राज्यको शक्ति आफूमा केन्द्रीत गर्दै ओलीले सबैमाथि खड्ग चलाउन थालेको उनको जिकिर छ ।

उनले समाजिक सञ्जालमा लेखेका छन्, ‘हिटलरबारे चर्चित भनाइ छ –‘पहिले उनीहरू यहुदीविरूद्ध जाइलागे, म बोलिनँ किनकि म यहुदी थिइनँ..अन्त्यमा उनीहरू मबिरूद्ध आइलागे,कोही पनि बोलेनँ किनकी कोही पनि बाँकी थिएन।’ नेपाली हिटलरको उदय त्यसरी नै भैरहेछ। उसले पार्टी, राज्यको शक्ति आफूमा केन्द्रित गरेर सबैमाथि खड्ग चलाउँदैछ। होशियार!