अञ्जु पन्त र प्रमोद खरेलको स्वरमा उडायो पछ्यौरी’



काठमाडौँ। गायिका अञ्जु पन्त र गायक प्रमोद खरेलको स्वर रहेको गीत ‘उडायो पछ्यौरी’ सार्वजनिक भएको छ। बाल के. न्यौपानेको शब्द तथा संगीत रहेको गीतमा पुस्कर सुनुवारको संगीत संयोजन छ।

गीतको भिडियोमा गरीमा शर्मा र मोडल सुरज श्रेष्ठको अभिनय देख्न सकिन्छ। भिडियो रोमान्टिक बनेको छ। सिरेन बराल नृत्य, सुबोल थापाको छायाँकन र दीपक गिरीको सम्पादन रहेको भिडियो सिरेन बरालले नै निर्देशन गरेका हुन्।

भिडियो