एमाले र माओवादीका २१ जना नेता कार्यकर्ता कांग्रेसमा



जुम्ला। नेकपा एमाले र माओवादी केन्द्र परित्याग गरि २१ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।

नेपाली कांग्रेसका युवा नेता लक्ष्मण शाहीका अनुसार जिल्लाको हिमा गाउँपालिका वडा नम्बर ३ को चेमाको सम्पर्क कार्यालय उद्घाटनका कार्यक्रममा उक्त संख्यामा पार्टी परित्याग गरेका हुन्।

यसरी पार्टी परित्याग गरि कांग्रेसमा प्रवेश गर्नेहरुमा गोर्ख डाँगी, धनराज कामी, हर्क रोकाया, विष्णु रोकाया, तुल भण्डारी, कालि रोकाया, धनराशी नेपाली, लोग नेपाली, धिरज नेपाली, खेम बहादुर कठायत, सगुने रावल, धमेन्द्र नाथ योगी, लक्ष्मि योगीलगायत २१ जना छन्। उनले सामाजिक सञ्जाल फेशबुकमार्फत उक्त कुरा सार्वजनिक गरेका छन्।

बिहिबार सामाजिक सञ्जालमा लेखेका छन्, ‘नेपाली काङ्ग्रेस हिमा गाउपालीका वडा नं ३ चेमा वडा सम्पर्क कार्यालय उद्घाटन, पार्टी प्रवेश तथा संगठन बिस्तारका क्रममा जोगिबाडा,मोफ्ला, चेमासम्म पुगियो। गोर्ख डाँगि, धनराज कामी, हर्क रोकाया, विष्णु रोकाया, तुल भण्डारी, कालि रोकाया, धनराशी नेपाली, लोग नेपाली, धिरज नेपाली, खेम बहादुर कठायत, सगुने रावल, धमेन्द्र नाथ योगी, लक्ष्मि योगीलगायत २१ जना नेकपा एमाले र माओवादी पार्टी परित्याग गरि हाम्रो महान तथा गौरबशाली पार्टी नेपाली कांग्रेसमा प्रवेश गर्नु भएको छ। सबैलाई पार्टीमा हार्दिक स्वागत छ।’