महन्थ ठाकुरलाई प्रधानमन्त्री बनाउनुपर्ने डा.दिक्षितको प्रस्ताव



काठमाडौँ। नागरिक समाजका अगुवा डा। सुन्दरमणि दिक्षितले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारमा जानको लागि मरिहत्ते गर्न नहुने धारणा राखे । र, अहिलेको परिस्थितिमा प्रधानमन्त्रीको लागि सबैभन्दा उत्तम पात्र जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष महन्थ ठाकुर हुने पनि उनको भनाई छ ।

बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले अहिले पार्टीहरु झैझगडामा लागेको टिप्पणी गरे । दलका नेताहरु झैझगडामा उत्रिएकोले देश समस्यामा परेको सुनाए । उनले सबै दलभित्र अहिले आन्तरिक झगडा रहेको दाबी गरे । उनले भने,‘नेकपा एमलोभित्र झगडा छ । संसदमा स्थिरता देखिँदैन् । उनीहरु झगडा गरुन् न, हामीले के पायौं त रु हामीले त नेकपालाई दुई तिहाई मत दिएका थियौं । हामीले खोजेको कुरा यही हो त रु एउटा नेतापनि चोखो छैनन् । सबै नेता नाँग्गै छन् । प्रतिपक्षीले पनि काम गर्न सकेन् । नेपालीले केही पाएनन् ।’

डा. दिक्षितले देश अहिले खत्तम अवस्थामा रहेको सुनाए । मुलुकमा रोजगारी नभएकोले लाखौं युवाहरु विदेशिन बाध्य भएको सुनाए । उनले भने,‘मुलुकमा रोजगारी छैन् । युवाहरु विदेशिन बाध्य भएका छन् । प्रधानमन्त्रीले चुनावमा जान संसद विघटन गर्नुभयो । तर, सर्वोच्च अदालतले त्यो निर्णय उल्टाईदियो । अहिले संसद चलेको छ । अब के कार्यक्रम लिएर अघि बढ्छ रु त्यो हेर्नुपर्छ ।’

ओलीजीले आफ्नो सरकार निरन्तरता चाहने हो भने विश्वासको मत लिनुपर्छ अवस्था अहिले आएको सुनाउँदै यदि विश्वासको मत लिन ओली असफल भए अर्को सरकार बनाउन प्रयास गर्नुपर्ने उनको भनाई छ । संविधानले तत्काल चुनावमा जान नभनेको पनि उनले उल्लेख गरे । तर, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको नेतत्व लिन लोभ देखायो भने कांग्रेस पनि पुरै नाँग्गिने उनको भविष्यवाणी छ । उनले भने,‘अहिले मुलुकलाई असल प्रधानमन्त्री चाहिएको छ । हामीलाई एकदमै असल प्रधानमन्त्री चाहिएको छ । ठूलो प्रोगाम चलाउनु छैन् । स्थिरता विश्वासका साथ लग्नुपर्छ ।’

उनले जसपाका अध्यक्ष महन्थ ठाकुरलाई प्रधानमन्त्री बनाउनुपर्ने धारणा राखे । उनले भने,‘महन्थजी कांग्रेसबाट आएका हुन् । उनमा भ्रष्टाचारको दाग छैन् । भारतको नरसिंह रावजस्तै हुन् । सबैलाई मिलाएर लैजाने व्यक्ति हो । प्रधानमन्त्री बन्ने होडबाजी पनि छैन् । संसदको झैझगडा हुँदैन् । कांग्रेसले पनि यो कुरा मानिदियो भने, ओलीजीले पनि मानिदिए भने राम्रो हुन्छ । जसपामा उपेन्द्र यादव, राजन्द्र महतो पनि छन् । तर, मुलुकको लागि उपेन्द्र र राजेन्द्र भन्दा ठाकुर नै उपयुक्त हुन्छ । अगर ओलीले मत पाउन सक्नुभएन भने, कांग्रेस यता लाग्नुहुँदैन् । ठाकुरले सबै दलललाई मिलाएर सरकार बनाउनुपर्छ । चुनावी सरकार हुन्छ । सर्वदलीय सरकार बनाउनुपर्छ । मैले त यही निकास देखेको छु ।’