बर्दिया। बर्दिया राष्ट्रिय निकुञ्ज आसपासमा बाघले मानिसलाई आक्रमण गर्ने क्रम बढ्दै गएको छ ।
आज मात्रै बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने गेरुवा गापा ६ नाैरङ्गापुरमा भैंसी चराउन गएका राजापुर नपा १० का ६५ वर्षीय लालबहादुर थारु काे पाटेबाघकाे आक्रमणबाट ज्यान गएको छ।
बाघले लगेका पुरुषको हात्तीको सहायतामा शव फेला परेको निकुञ्जका सहायक संरक्षण अधिकृत असिमकुमार थापाले जानकारी दिए।
गएको पुस १७ गते कर्णाली चिसापानी सडक खण्डमा मोटरसाइकलमा यात्रा गरेकी एक महिलालाई बाघले झम्टेर ज्यान लिएको थियो।
बर्दियाको खाता करिडोर र गेरुवा गाउँपालिका क्षेत्रमा मात्रै एक वर्षयता बाघको आक्रमणबाट ६ जनाको ज्यान गैसकेको छ। राष्ट्रिय निकुञ्जमा बाघको संख्या ८७ पुगेको छ।