केपी ओलीसँग एकताको सम्भवना छैन: प्रचण्ड (भिडियोसहित)



काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (प्रचण्ड-नेपाल) समूहका अध्यक्ष प्रचण्डले ओली समूहसँग एकताको सम्भावना नरहेको दाबी गरेका छन्।

शुक्रबार प्राईम टाइम टेलिभिजनमार्फत प्रशारण हुने कार्यक्रम ‘जनता जान्न चाहन्छन्’ मा बोल्दै प्रचण्डले संविधान, संसद् र उपलब्धिहरुलाई मास्ने जस्तो अपराध गर्ने ओली समूहसँग एकताको कुनै सम्भावना नरहेको स्पष्ट पारेका छन्।

उनले भनेका छन्, ‘ओलीहरु प्रतिगामी हुनु भयो। संसद्लाई भंग गर्ने, स्वेच्छाचारीताको सीमा नाघ्ने काम गर्नु भयो। प्रतिगमन भयो भनेर हामीले पुस ५ गते पछि उहाँका हरेक क्रियाकलापका विरुद्धमा लड्दै आएका छौं। अब संसदबाट उहाँलाई परास्त गर्न बाँकी छ। त्यो पनि केही दिनको कुरा हो। उहाँसँग कताबाट एकता गर्ने हो?’

भिडियो हेर्नुहाेस्