‘J-CERT’ द्वारा ‘FECON’ को नयाँ कार्यसमितिलाई बधाई ज्ञापन



काठमाडौँ। स्वतन्त्र शैक्षिक परामर्श संघ नेपाल (FECON) को नयाँ कार्य समितिका पदाधिकारीलाई बधाई तथा सम्मान गरिएको छ।

जापानीज भाषा परिक्षा (J-CERT) ले बिहिबार राजधानीको नयाँ बानेश्वरस्थित अल्फा हाउसमा एक कार्यक्रमको आयोजना गरेर (FECON) को नयाँ कार्यसमितिलाई शुभकामना तथा बधाई ज्ञापन गरेको छ।

(J-CERT) का अध्यक्ष मेघराज शाहीले (FECON) को नयाँ कार्य समितिका पदाधिकारीलाई सम्मान गरेको कर्णाली सन्देशलाई जानकारी दिए। उनले भने, ‘हालै फेकनको नयाँ कार्यसमिति बनेको थियो। आज अल्फा हाउस बानेश्वरमा (J-CERT) को तर्फबाट बधाई तथा सफल कार्यकालको शुभकामना प्रदान गरेका हौं।’

(FECON) को नयाँ कार्यसमिति अध्यक्षमा बासु नेपाल, उपाध्यक्षमा हेमन्त दुलाल र प्रज्वल बस्नेत, महासचिवमा राजु निरौला, सचिवमा छविन्द्र ओझा र कोषाध्यक्षमा अनिल शर्मा पौडेल निर्वाचित भएका थिए। गत शनिबार अध्यक्ष नेपालको नेतृत्वमा १७ सदस्सीय नयाँ कार्यसमिति निर्वाचित भएको थियो।, यसअघि फेकनको अध्यक्षमा युवराज कुटवाल थिए।