१० किलोग्राम हात्तीको दाँत सहित एकजना बाँके प्रहरीको नियन्त्रणमा



नेपालगञ्ज। १० किलोग्राम हात्तीको दाँत सहित एकजनालाई बाँके प्रहरीले पक्राउ गरेको छ।

बैजनाथ गाउँपालिका-२ तिलकपुरका पुर्ण बहादुर थारुले वन्यजन्तुको कारोबार गर्ने गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलीले थारुको घर तलासी गर्दा घरको पछाडी मन्दिर परिसरसँगै रहेको १ ट्वाईलेटको पुर्व तर्फ सेफ्टी ट्यांकी छेउमा निलो प्लाष्टिकले लपेटी सेतो बोरा भित्र लुकाई राखेको २९ ईन्च लम्बाई, तौल गर्दा १० किलोग्राम तौल भएको हात्तिको दाँत जस्तो देखिने खैरो रंगको वस्तु बरामद गरेको हो।

पक्राउ परेका थारुलाई आवश्यक कारवाहीको लागि जिल्ला वन कार्यालय नेपालगञ्ज पठाईएको प्रहरीले जानकारी दिएको छ।