‘राष्ट्रपति र प्रमले राजिनामा दिनुपर्छ, नत्र महाअभियाेग’



काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (प्रचण्ड-नेपाल) पक्षका नेता विष्णु रिजालले संसद पुनःस्थपना गरेर अदालतले संविधान जोगाएको टिप्पणी गरेका छन्।

मंगलबार सर्वोच्च अदालतले गत पुस ५ गते विघटन गरिएको संसदलाई पुनःस्थापना गरेको छ। यसै विषयलाई लिएर नेता रिजालले सामाजिक सञ्जालमार्फत राष्ट्रपति र प्रधानमन्त्रीलाई राजिनामा दिन अनुरोध गरेका छन्।

उनले नैतिकताका आधारमा राजिनामा नदिए संसदले महाअभियोग लगाउने चेतवनी दिएका छन्। उनले लेखेका छन्, ‘संसद् पुनर्स्थापना गरेर सर्बोच्च अदालतले हाम्रो संविधान जोगाएको छ। राष्ट्रपति र प्रम मिलेर गरेको जालसाजीपूर्ण कदम अवैध ठहर भएपछि उहॉहरू दुवैले नैतिकताका आधारमा राजीनामा दिनुपर्छ। नत्र एकसाथ महाभियोग र अविश्वासको प्रस्तावमा जानुपर्छ।’