प्रधानमन्त्रीले मनाए ७०औं जन्मदिन (तस्बिरसहित)



काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार आफ्नो ७०औं जन्मदिन मनाएका छन्। ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा पारिवारिक जमघटका बीच आफ्नो जन्मदिन मनाएका हुन्।

सो क्रममा प्रधानमन्त्री ओलीलाई बुवा मोहनप्रसादले टीका लगाइदिँदै आशीर्वादसहित जन्मदिनको शुभकामना दिएका थिए।

ओलीले गत वर्ष भने हेलिकप्टरमा जन्मथलो तेह्रथुम पुगी नेपालको नक्सा आकारको केक काटेर जन्मदिन मनाएका थिए। ओलीले भड्किलो गरी जन्मदिन मनाएको भन्दै त्यतिबेला विरोध समेत भएको थियो।

तस्बिरः प्रधानमन्त्रीको सचिवालय