ओली समूहका युवा नेता बमद्वारा राजिनामा



काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी (ओली) समूहको राष्ट्रिय युवा संघका नेता वकिल बमले राजिनामा दिएका छन्।

प्रधानमन्त्री केपी ओलीको ७०औं जन्मोत्सवका अवसरमा नेता बमले मंगलबार राजिनामा दिएका हुन्। नेता बमले नेकपाको कुनै पनि टिममा नरहेको जानकारी दिएका छन्। बाँकी दिनमा स्वतन्त्र भएर आफ्ना क्रियाकलापहरु सञ्चालन गर्ने नेता बमको भनाई छ।

राष्ट्रिय युवासंघका पूर्व अध्यक्ष तथा ओली पक्षका युवा नेता महेश बस्नेत निटक मानिने बमलाई पुनर्गठित राष्ट्रिय युवा संघ नेपालमा उचित जिम्मेवारी नदिएपछि असन्तुस्ट बनेका थिए। याे अवस्थामा उनले पार्टीबाट राजिनामा दिएको बुझिन्छ।

हेर्नुहोस् राजिनामा पत्र