काठमाडौँ। सरकार र विप्लव नेकपाबीच वार्ताको चर्चा चलिरहेको बेला नेता धर्मेन्द्र बास्तोलाई प्रहरीले पुन पक्राउ गरेको छ।
नेकपा विप्लवका नेता बाँस्तोलालाई प्रहरीले अदालतको सम्मुखबाट फेरि पक्राउ गरेको छ। बाँस्तोलालाई सर्वोच्च अदालतले रिहा गर्न आदेश दिए पनि प्रहरीले सोमबार फेरि पक्राउ गरेको हो।
सर्वोच्चमा अनिमा बाँस्तोला भण्डारीले दायर गरेको बन्दीप्रत्यक्षीकरण रिटमा न्यायाधीश मीरा खड्का र सुष्मालता माथेमाको इजलासले रिहा गर्न रिहा गर्न आदेश दिएको थियो। तर, अदालतको आदेशमा रिहा भएलगत्तै प्रहरीले सर्वोच्च परिसरबाट पक्राउ गरेको हो।
उनीमाथि काभ्रेमा पुरानो मुद्दा बाँकी रहेकाले पुनः पक्राउ गरिएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख एआईजी हरि पालले जानकारी दिए। उनलाई आजै काभ्रे पठाउने तयारी भएको छ।
पुस २९ गते प्रहरीले उनलाई ललितपुर र मकवानपुरको सीमाक्षेत्रबाट पक्राउ गरेको थियो। त्यससता उनलाई प्रहरीले सर्वोच्चले रिहा गर्ने आदेश दिएपनि पटक पटक पक्राउ गर्दै आएको छ।