काठमाडौँ। संसद विघटन सम्बन्धि मुद्धाको छिनोफानो हुने समयको सम्मुखमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र प्रधानसेनापति पूर्णचन्द्र थापाबीच भेटवार्ता भएको छ।
प्रधानन्यायाधीश जबरालाई भेट्न सोमबार प्रधानसेनापति थापा सर्वोच्च अदालत पुगेका छन्। उनीहरुको भेटका सम्बन्धमा केही नखुलाइए पनि वर्तमान परिस्थितिलाई लिएर उक्त भेटवार्तालाई निकै महत्व र अर्थपूर्ण रुपमा हेरिएको छ।