‘महिलाको कामुकतालाई पाप मानिन्छ’



काठमाडौँ। बलिउड उद्योगकी टेलिभिजन क्विन एकता कपूरले बारम्बार महिलाहरुको अधिकारको बारेमा आवाज उठाउने गरेकी छन्। उनले फेरि एकपटक महिलाको निजी हकको बारेमा बोलेकी छन्।

धेरैजसो देशका महिलाको यौनको विषयमा गरिने कुराकानीलाई पाप मानिन्छ। तर ‘लिपस्टिक अंडर माय बुर्का’, ‘द डर्टी पिक्चर’, ‘डॉली किटी’ र ‘वो चमकते सितारे’ जस्ता फिल्मले महिलाको यौनको विषयमा उठाएको मुद्दा सही भएको बताएकी छन्।

उनले भनेकी छन्, ‘अधिकांश देशमा महिलाको कामुकतालाई पाप मानिन्छ। मलाई थुप्रै पटक टीभि सीरियलमा महिलाहरुलाई सारी, सिन्दुर लगाएर देखाएको विषयलाई लिएर प्रश्न गर्ने गरिन्छ। तर, देशमा महिलाको विकास भएको देख्दा निकै हैरान हुन्छु। सारी वा स्विमसुट लगाउनु महिलाको निजी इच्छा हो।’ उनले रुढीबादी महिलाहरुको समस्यामा घरेलु हिंसाहरुको विषय धेरै हुने भएपनि अन्य महिलाहरुको समस्या अलग अलग हुने बताइन्।