दर्जन कम्पनीद्वारा आइपियो निष्कासनका लागि आवेदन



काठमाडौँ। एक दर्जन कम्पनीले नेपाल धितोपत्र बोर्डमा प्राथमिक सेयर (आइपियो) निष्कासनको अनुमति माग गर्दै आवेदन दिएका छन्। आवेदन दिएका १२ वटा कम्पनीलाई बोर्डले विभिन्न चरणमा अध्ययन गरिरहेको छ।

दोस्रो बजारमा जोखिम लिन नचाहने लगानीकर्ता जोखिम कम हुने भएकोले कम्पनीले जारी गर्ने साधारण सेयर (आईपीओ) लगानी गर्ने गर्छन्। त्यसैले कुनै आईपीओ खुल्ने बित्तिकै मागभन्दा अत्याधिक बढी आवेदन पर्ने गर्छ।

आईपीओमा प्रतिकित्ता एक सय रुपैयाँमा खरिद गरिएको सेयर दोस्रो बजारमा कारोबार हुँदा बढ्दै जान्छ। बोर्डमा आवेदन दिएका मध्ये ३ वटा कम्पनीलाई बोर्डले प्रारम्भिक समीक्षामा राखेको छ भने ३ वटा कम्पनीलाई समीक्षा गरेर टिप्पणी पठाइएको छ। अन्य ६ वटा कम्पनी पनि समीक्षा अवधिमै रहेका छन्।

यसबीच यो वर्ष ११ वटा कम्पनीको आईपीओ निष्कासन भइसकेको छ भने अन्य १२ वटा कम्पनीको सेयर पाइपलाइनमा रहेका छन्। आजको राजधानी दैनिकमा समाचार छ।