काठमाडौँ। नेपाल इन्फ्रास्टक्चर बैंकको सेयर मूल्य लगातार बढिरहेको छ। फागुन ९ गते यसको सेयर मूल्य ६ सय रुपैयाँ प्रतिकित्ता पुगेको छ।
यस आधारमा ५ हजार लगानी गरेर ५० किता सेयर किन्नेको अहिले सेयर मूल्य ३० हजार रुपैयाँ पुगेको छ भने ६ हजार लगानी गरेर ६० कित्ता किन्नेको लगानी ३६ हजार रुपैयाँ पुगेको छ।
सेयर बजारका जानकार अब अझै केही समय निफ्राको सेयर मूल्य बढ्ने र त्यसपछि एउटा विन्दुमा पुगेपछि केही समय स्थिर रहने वा केही तलमाथि हुने बताउँछन्। प्रि ओपन सेसनमा यसको पहिलो कारोबार प्रतिकित्ता ३ सय ४० रुपैयाँमा भएको थियो। नेप्सेले इन्फ्रास्ट्रक्चरलाई पहिलो कारोबारका लागि न्यूनतम १ सय १३ रुपैयाँ ६२ पैसादेखि अधिकतम ३ सय ४० रुपैयाँ ४६ पैसासम्म रेन्ज तोकेको थियो।
यसको बजार पुँजीकरण अहिले १ खर्ब २० अर्ब रुपैयाँ पुगेको छ। यसको २० करोड कित्ता सेयर दोस्रो बजारमा कारोबार भइरहेको छ। बैंकको हालको चुक्तापुँजी २० अर्ब रुपैयाँ छ। चालू आर्थिक बर्षको दोस्रो त्रैमाससम्म बैकको जगेडा कोषमा १ अर्ब ९४ करोड २५ लाख ८१ हजार रुपैयाँ छ।