शर्मिलाको ‘पान सुपारी खाम्ला कुटुक्क’ (भिडियोसहित)



काठमाडौँ। मनका भावना शब्दलहरिमा जेलेर बन्छन् गीत। अनि कतिलाई आफ्नै जीवन कहानी जस्तो लाग्द। गीतसंगीत साथी बनिदिन्छ। हरेक परिस्थिति अनुसार सुहाउँदो भावनाको पोको गीत हो।

अनेकन मानिसहरुको जीवनमा मेल खाने भावना र भोगाईका सन्देशहरु बजारमा ल्याइदिन्छन् कलाकारहरुले। यस्तै कहानी बोकेको गीत ‘पान सुपारी खाम्ला कुटुक्क’ बोलको गीत हालै बजारमा आएको छ।

सानैदेखि सिर्जनशिलतामा रमाउने कलाकार हुन शर्मिला तामाङ। उनको कलम गीतसंगीतका नाममा निरन्तर चलिरहेको छ। यसअघि पनि उनले ‘पान खायो मायाले चुना हालेर’ अनि ‘हावा चल्यो’ बोलका गीत बजारमा रुचाईएका थिए।

जापानमा बस्दै आएकी तामाङले फेरी अर्को गीत बजारमा लिएर आएकी छिन। राजन कार्की र शर्मिलाको स्वर रहेको गीतमा शर्मिलाका शब्द र राजनको लय रहेको छ। मारुनिमा स्टुडियो रेकड भएको उक्त गीतलाई कुमार रानाले मिक्सिंग गरेका हुन्।

प्रकाश भट्टको निर्देसन, नवराज उप्रेतीको क्यामरा रहेको भिडियोलाई विष्णु शर्माको सम्पादन रहेको छ भने भिडियोमा लोमस शर्मा र उर्मिला गुरुङको अभिनय देख्न सकिन्छ।