काठमाडौँ। ‘पिपलु छेउ बरैको छाया, मुना मदनझैं नबोस् यो माया’ यस्तै यस्तै मायाका भाव बोकेका शब्दहरु रहेको प्रशान्त परियार र अमर भट्टराइको गीत ‘हासो खुशी’ बजारमा आएको हो ।
सम्झना भन्डारी र प्रशान्त परियारको स्वर अनि प्रशान्त परियार र अमर भट्टराइको शब्द र प्रसान्त परियारको लय रहेको गीतलाई शंकरा डिजिटल रेकडिङ स्टुडियोले रेकड गरेको हो भने यो गीतलाई कुमार सानु पुनले मिक्सिङ गरेका हुन्।
सम्झना भण्डारि युटुब च्यानलबाट आएको भिडियोलाई वीरेन्द्र वलीले निर्देशन गरेका हुन् भने क्यामरामा प्रकाश खड्का, कलर इडिट दिपक बिष्टको रहेको छ। गीतमा पशान्त, हिमा थापा र बालकलाकार आरध्या अनि अल्बिनको अभिनय रहेको छ।