काठमाडौँ। संसद विघटनपछि तरल अवस्थामा गुर्जिरहेको नेपाली राजनीतिका बारेमा अनेकन टिप्पणी भइरहेका छन्।
संसद विघटनको पक्षमा र विपक्षमा विभाजित नेपाली समाज अब सर्वोच्च अदालको आदेश वा निर्णयको बेग्र प्रतिक्षमा छन्। त्यसैमा राजनीतिक दलहरु त थप जिग्यासु र प्रतिक्षारत हुने नै भए। संसद विघटन गर्ने पक्षले अदालतलाई आजका दिनसम्म पनि धम्की दिई रहेको छ। विपक्षले कानून र संविधानभन्दा बाहिर गएर अदालतले निर्णय नगर्नेमा ढुक्क जस्तै देखिन्छन्।
यसै क्रममा नेपाली कांग्रेसका युवा नेता गगन थपाले अदालतका न्यायमूर्तिहरुले मान्छेको संख्या र कसैको धम्की नसुनेर संविधानको धाराका आधारमा फैसला गर्नुपर्ने धारणा राखेका छन्।
विघठित संसदको विषयले राजनीतिक चेतना बोकेका मानिसहरुलाई उकुस मुकुसको अवस्थामा पुर्याएको यो अवस्थामा नेता थापाले शनिबार अबेर साँझ सामाजिक सञ्जाल फेशबुकमा लेखेका छन्,‘न्यायमूर्तिले हेर्ने मान्छेको संख्या होइन, संविधानको धारा हो। अदालतले विना भय संविधानसम्मत निर्णय गरोस्। प्रधानमन्त्रीले सत्ता उन्मादमा शक्तिको दुरुपयोग गरेर देखाएको भिड नाप्ने जिम्मा जनताको हो। स्मरण रहोस्, सत्तामा हुँदा आफूलाई हेर्न आएका भिडको भ्रम कुनै बेला महाराजलाई पनि थियो।’
संसद पुनःस्थापना भए आन्दोलन गर्ने धम्की
विराटनगरमा शनिबार आयोजित सभामा बोल्दै केपी ओलीले संसद पुनःस्थापना भएको खण्डमा आन्दोलन हुने धम्की दिएका छन्। प्रदेश नम्बर १ का विभिन्न जिल्लाबाट आएका कार्यकर्ता तथा सहभागीलाई सम्बोधन गर्दै ओलीले भनेका छन्, ‘कुनै प्रकारको षड्यन्त्र, सेटिङ भएर देश र जनताको विपक्षमा फैसला हुन्छ भने हाम्रो आन्दोलन फेरि पनि अगाडि बढ्छ।’
यसअघि प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनरत प्रचण्ड-माधव समूहले प्रयोग गरेको शब्दको हो सेटिङ। ओली समूहका नेताहरुले देशभर नै ‘हाम्रो सबैतिर सेटिङ भइसकेको छ, संसद विघटन सदर हुन्छ, सूर्य चुनाव चिन्ह पनि हाम्रै हुन्छ’ भन्दै हिँडेको भन्दै प्रचण्डऔमाधव समूहका शीर्षनेताहरुले खबरदारी गर्दै आएका छन्।
तर, शनिबार बिराटनगरमा ठीक उल्टो सुनियो। चुनाव हुन्छ(हुन्छ भन्ने दाबी गरेका प्रधानमन्त्री ओलीले ‘सेटिङ’मा संसद पुनस्र्थापना भए आन्दोलन गर्ने चेतावनी दिए। ओलीले भने, यदि कुनै प्रकारको जालझेल, षड्यन्त्र, तिकडम केही भएर देश र जनताको विपक्षमा फैसला हुन्छ भने हाम्रो आन्दोलन फेरि पनि अगाडि बढ्छ । फेरि पनि हामी त्यस्ता शक्तिलाई पराजित गर्छौं।’