‘संसद पुन:स्थापना भए सांसद किनबेच हुन्छन्’  



विराटनगर। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन खारेज भए देशमा थप अस्थिरता र्सिजना हुने टिप्पणी गरेका छन्।

नेकपा ओली समूहले शनिबार बिराटनगरमा गरेको आमसभामा बोल्दै ओलीले कुनै कारण प्रतिनिधि सभा पुनस्र्थापना हुने भयो सांसद किनबेच हुने सरकार बनाउने ढाल्ने खेल हुने बताएका छन्।

ओलीले यस्ता गतिविधिहरुले लोकतन्त्रलाई कमजोर बनाउने बताए। उनले संदद भंग सदर बाहे सर्वोच्च अदालतले अन्यथा फैसला गर्छ भन्ने कल्पनासमेत गर्न नसकिने दाबी गरे।

समूहका अध्यक्ष एवं प्रधानमन्त्री ओलीले भनेका छन्, ‘सम्मानित सर्वोच्च अदालतले कुनै दबावमा अन्था फैसला गर्छ भन्ने कल्पना गर्न सकिन्न म भन्न चाहन्छु।’

देशलाई अस्थिरतातिर फर्काउने होइन भन्दै उनले भने, ‘सम्मानित सर्वोच्च अदालतले देशभर भइरहेको यस्ता सभालाई हेरेको होला, यस्ता सभामाहरुबाट प्रकट भएको जनताको अभिमत हरेको होला। संधिानको मम र भावना हेरेको होला। मुलक कता जान्छ भन्ने विश्लेषण गरेकै होला।’