काठमाडौँ। ग्रीनलाइफ हाइड्रोपावर लिमिटेडको आइपिओ शुक्रबार बाँडफाँट गरिएको छ।
जसमा गोलाप्रथा मार्फत ३ लाख २५ हजार १ सय ६५ जना सर्वसाधारण लगानीकर्ताले १० कित्ताका दरले सेयर हात पारेका छन्।
बाँकी रहेको २ कित्ता सेयर भने २० वा सोभन्दा बढी कित्ताका लागि आवेदन दिनेमध्ये २ जनालाई १–१ कित्ताका दरले थप गरिएको छ। कुल १३ लाख २२ हजार ९ सय ७१ जनाले आवेदन दिएकोमा ३ हजार ९ सय १२ जनाको आवेदन रद्द भएको छ।
१३ लाख १९ हजार ५९ जना योग्य आवेदकलाई गोलाप्रथामा सहभागी गराइएको बिक्री प्रबन्धक बीओके क्यापिटलले जनाएको छ। ग्रीनलाइफले कुल ३४ लाख ९६ हजार ४ सय कित्तामध्ये ६९ हजार ९ सय २८ कित्ता कम्पनीका कर्मचारी र १ लाख ७४ हजार ८ सय २० कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी रहेको सेयर सर्वसाधारणलाई बिक्री गरेको थियो।
ग्रीनलाइफले सर्वसाधारणका लागि माघ २३ देखि २७ गतेसम्म बिक्री गरेको ३२ लाख ५१ हजार ६ सय ५२ कित्ता आइपीओ बाँडफाँट गरेको हो।