धनुषा। पूर्वराष्ट्रपति डा.रामवरण यादवले वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको रक्षा नगरेको गुनासो गरेका छन्।
शोभाकर पराजुलीद्वारा लिखिनत समाजवाद र वीपी कोइराला तथा वीपी विचार संग्रह पुस्तकको जनकपुरधाममा लोकार्पण गर्दै डा। यादवले भने, ‘राष्ट्रपतिले संविधानको पालना गर्नुभएन । रक्षा गर्नुभएन ।’ प्रधानमन्त्रीले संसद बिघटनको सिफारिस गरेपछि राष्ट्रपतिले दलभित्रको विवादले संसद विघटन गर्न नहुने भन्दै रोक्नुपर्ने डा। यादवले बताए ।
‘तपाईं आफ्नो दलभित्रको विवाद समाधान गर्नुस् र, समाधान भएन भने सदनमा जानुस् । अरु दलसँग सहमति लिनुस् । अरु दलले साथ दिन्छ भने सरकार चलाउनुहाेस्नु। नभए अविश्वासको प्रस्ताव फेस गर्नुस् । र संविधानको स्टेप अनुसार जानुस् भन्नुपर्थ्यो’ डा.यादवले भने ।
उनले राष्ट्रपति भण्डारीको दलीय आवद्धता नछोडेको आशय प्रकट गरे । ‘उहाँ त राजनीतिक दलमा हुनुहुन्न, म पनि कांग्रेसबाट राष्ट्रपति बन्दा तत्कालिन सभापति गिरिजाप्रसाद कोइराला समक्ष राजीनामा दिएको थिएँ । उहाँले पनि दिनुभएको होला म आशा गरौं’ डा। यादवले भने ।
चुनाव गराउने नाममा संविधानलाई भुटेर खाने कि संविधानलाई बचाउने रु’ उनले प्रश्न गरे ‘भोलि संसद पुनर्स्थापना नभए देश कुन बाटोमा जान्छ यो विद्धानहरुलाई सोधुँला, त्यो म भन्न सक्दिनँ ।’
लोकतन्त्रमा फेरि एक पटक ग्रहण लागेको बताउँदै उनले लोकतन्त्रलाई बचाउन सबैले भूमिका खेल्नुपर्ने बताए । लोकतन्त्रको खम्बा राजनीतिक दल हो भन्दै उनले सबैभन्दा ठूलो दल विभाजित भएको र अर्को दल कांग्रेसको अवस्था पनि ठीक नभएको बताए । ‘सबैभन्दा ऐतिहासिक, लोकतन्त्र र समाजवादीको पर्यायवाची बनेको पार्टीको अवस्था के छ रु ठीक छ रु’ उनले प्रश्न गरे ।