सर्वोच्चमा बहस सकियो, अब फैसलाको प्रतिक्षा



काठमाडौँ। प्रतिनिधिसभा विघटनको सुनुवाइमा पक्ष, विपक्ष र एमिकस क्युरीको बहस सकिएको छ।

प्रतिनिधिसभा विघटनको सिफारिसलाई चुनौती दिँदै दायर गरिएका रिट निवेदनहरूमा बहस सकिएको छ। प्रधानन्यायाधीश नेतृत्वको संवैधानिक इजलासले फाल्गुन १० गते भित्र बहस नोट उपलब्ध गराउन पक्ष, विपक्ष र एमिकस क्युरीका तर्फबाट बहस गरेका कानुन व्यवसायीहरूलाई अनुरोध गरेका छन्।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले ‘त्यसपछि हेर्दा हेर्दैमा जाने’ भन्दै न्यायाधीशहरूले फैसलाका लागि आन्तरिक परामर्श गर्ने सङ्केत गरेका छन्।

अदालतको सहयोगी भनिने एमिकस क्युरीका तर्फबाट शुक्रवार बहस सम्पन्न भएको हो। पुस ५ गते प्रतिनिधिसभा विघटन गरिएपछि दायर गरिएका १ दर्जन रिट निवेदनहरू सर्वोच्च अदालतमा दायर भएका छन्।