काठमाडौँ। म्यान्मारमा जारी विरोध प्रदर्शनमा २० वर्षीया महिलाको मृत्यु हुने पहिलो प्रदर्शनकारी बनेकी छन्।
गत साता प्रहरीले भिडलाई तितरबितर पार्न पानीको फोहोरा, रबरको गोली र गोली प्रयोग गर्दा मा थ्वे हाइङको टाउकोमा गोली लागेको थियो।
राजधानीमा रहेको अस्पतालले बिहान ११ बजे उनको मृत्यु पुष्टि गरेको हो। उनको अन्तिम संस्कारको तयारी भइरहेको बताइएको छ।
एक चिकित्सकले एएफपी समाचारसंस्थालाई उनका लागि न्याय खोज्दै अगाडि बढ्ने बताएका छन्। उनी अस्पतालमै रहँदा २० वर्ष पुगेकी थिइन्।